Sep 21, 2026 09:01 AM Asia/Kathmandu
हामीलाई फलो गर्नुहोस्:
नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, कृषि तथा विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने सहमति

नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, कृषि तथा विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने सहमति

18 Sep 2026
1 min read

नेपाल र पाकिस्तानबीच जलवायु परिवर्तन, कृषि तथा विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्ने सहमति

नेपाल उर्दू टाइम्स

 पाकिस्तानी राजदूत मोहम्मद आमिर खानद्वारा कृषिमन्त्री गीता चौधरीसँग शिष्टाचार भेट नेपाली समाचार काठमाडौं, नेपाल: नेपालका लागि पाकिस्तानी राजदूत महामहिम मोहम्मद आमिर खानले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

 भेटका क्रममा नेपाल र पाकिस्तानबीच विभिन्न क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा महत्वपूर्ण छलफल भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार भेटवार्तामा जलवायु परिवर्तन, पर्वतीय क्षेत्रका समस्या, विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, हिमनदीको अनुगमन, कृषि तथा विपद्पछिको पुनर्निर्माणलगायतका विषयमा दुई देशबीच सहकार्य विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा मन्त्री गीता चौधरीले नेपाल र पाकिस्तान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तन, हिमनदी तथा प्राकृतिक विपद्का कारण उत्पन्न हुने साझा चुनौतीहरू समाधान गर्न सूचना, तथ्याङ्क, प्रविधि तथा अनुभवको आदानप्रदान महत्वपूर्ण रहेको बताउनुभयो। 

उहाँले आगामी दिनमा कृषि लगायतका सम्भावित क्षेत्रमा नेपाल पाकिस्तानसँगको द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो। भेटमा पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले हालैका प्राकृतिक विपद्पछि पाकिस्तानी सरकार नेपालसँग व्यावहारिक तथा ठोस सहकार्य विस्तार गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका क्षेत्रमा अनुभव, प्रविधि र सूचनाको आदानप्रदान आवश्यक रहेकोमा जोड दिनुभयो। राजदूत खानले विपद्पछिको पुनर्निर्माण तथा जलवायु अनुकूल प्रविधिका क्षेत्रमा पाकिस्तानले हासिल गरेका अनुभव नेपालसँग आदानप्रदान गर्न तयार रहेको बताउनुभयो।

 भेटवार्तामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसँग सम्बन्धित साझा मुद्दाहरूलाई अघि बढाउन दुवै देशबीच सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको थियो। राजदूत खानले पाकिस्तानी प्रधानमन्त्रीले नेपालमा हालै आएको प्राकृतिक विपद्प्रति चिन्ता व्यक्त गर्नुभएको जानकारी दिँदै पुनर्निर्माण तथा विपद्पछिको सहयोगमा पाकिस्तान सहकार्य गर्न तयार रहेको बताउनुभयो। यसैगरी, द्विपक्षीय व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो। विशेषगरी नेपालबाट पाकिस्तानमा चिया निर्यात गर्न सकिने सम्भावनालगायतका विषयमा विचारविमर्श गरिएको थियो। स्रोत: नेपाल कृषि, वन तथा वातावरण मन्त्रालय

Abdul Jabbar Alimi

अब्दुल जब्बार अलीमी निजामी नेपाली

प्रमुख सम्पादक नेपाल उर्दू टाइम्स, मिडिया इन्चार्ज उलेमा काउन्सिल नेपाल