Sep 21, 2026 09:55 AM Asia/Kathmandu
हामीलाई फलो गर्नुहोस्:
रौजा मजार शरीफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार ७८६ रुपैयाँ सहयोग

रौजा मजार शरीफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार ७८६ रुपैयाँ सहयोग

31 Aug 2026
1 min read

रौजा मजार शरीफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार ७८६ रुपैयाँ सहयोग

 आशिक हुसैन शेख महोत्तरी । 

रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले महोत्तरीको बलवा नगरपालिका–११, अधयनपुरस्थित रौजा मजार शरीफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार ७८६ रुपैयाँ सहयोग गरेको छ।

 रौजा मजार शरीफले विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगस्वरूप उक्त रकमको चेक हस्तान्तरण गरेको हो। देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण नागरिकहरू प्रभावित भइरहेका बेला मानवीय सेवाको भावनासहित गरिएको यो सहयोगले राहत तथा उद्धार अभियानमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

 चेक हस्तान्तरण कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माननीय मोहम्मद रजि हैदरको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम सलिम राइनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नियाज शेखलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद् कुनै जात, धर्म वा समुदायको सीमामा सीमित नहुने भन्दै यस्तो संकटको समयमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिएका थिए।

 उनीहरूले विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, सामाजिक संघसंस्था, धार्मिक संस्था, व्यवसायी तथा आम नागरिक सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने बताएका छन्। रौजा मजार शरीफको यो मानवीय पहलले धार्मिक तथा सामाजिक संस्थाहरूले विपद्को समयमा निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। मानवताको सेवामा एक कदम विपद्को यस कठिन समयमा पीडितको आँसु पुछ्नु र दुःखमा साथ दिनु नै सच्चा मानवता हो। सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी बाढीपीडित परिवारको जीवनमा आशाको ज्योति बाल्न हातेमालो गरौँ।

Abdul Jabbar Alimi

अब्दुल जब्बार अलीमी निजामी नेपाली

प्रमुख सम्पादक नेपाल उर्दू टाइम्स, मिडिया इन्चार्ज उलेमा काउन्सिल नेपाल